पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
मेयर साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लाे समय पर्सा काेराेनाकाे हट स्पट भएकाे छ । दैनिक थपिने संक्रमित मध्ये धेराै जसाे पर्साकै हुने गरेका छन् ।