हाल अमेरिकामा रहेका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन श्रीमती कविता केसी महतलाइ कोरोना संक्रमण भएकाे छन् ।
अमेरिकाकाे पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका वरिष्ठ लोकगायक महतले शुक्रबार दिउँसो सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् ।
उनीहरू अहिले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आफ्नै घरमा आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।