नेपालमा २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।
नयाँ संक्रमित थपिएकाे हाराहारीमा नै डिस्चार्ज पनि भइरहेका छन् ।२४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् ।
२२ हजार २ सय १४ मध्ये हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किसकेका छन् ।प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।