सिरहाका काेराेना संक्रमित एक युवकको मृत्यु भएको छ ।।
गोलबजार निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको पुष्टि गरिएकाे छ ।
मिर्गाैला रोगी उनी धरानमा डायलासिस सेवा लिदै अाएका थिए ।उनलाइ केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारकाे पनि स्वाब परीक्षण गरिएकाे छ । याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६६ पुगेकाे छ ।