एसईई परीक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले कारोना विपद् व्यवस्थापन समिति (सीसीएमसी)काे निर्देशन पछि मात्रै प्रकाशित गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले ५ दिनअघि परीक्षाफल प्रकाशित गर्न सबै तयारी पूरा गरिसकेको छ ।
तर बोर्डले केही त्रुटि सच्याउनुपर्ने भन्दै तत्काल परीक्षाफल प्रकाशित नगर्ने जनाएको छ ।
तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीड हुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सीसीएमसीसँग सल्लाह गर्ने तयारी गरेको छ ।
बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य रुपमा कारोना विपद् व्यवस्थापन समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको बताइकाे छ ।
विशेष गरी राजधानीलगायत देशभरका विद्यालयले परीक्षाफल प्रकाशित हुनासाथ विद्यार्थी भर्नासम्बन्धी विज्ञापन गर्ने र विद्यालयमा बोलाएर भर्ना गर्ने भएपछि बोर्डले ढिलो गरी परीक्षाफल प्रकाशित गर्न लागेको हो ।
सरकारले भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्न अनुमति दिने जनाएपछि त्यही आसपासमा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो ।