जिल्लामा ९ जना बैंकका कर्मचारी सहित २१ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जो कपिलबस्तु नगरपालिकाका २० जना र मायादेवी गाँउपालिकाका १ जना रहेका छन् ।
संक्रमित ग्लोबल आइ एम इ बैंकका ३ जना महिला, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका ४ जना पुरुष, मेगा बैंका १ जना पुरुष र कृषि विकास बैंकका १ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
त्यस्तै कालिका स्वाबलम्बन सामाजिक केन्द्रका २ महिला, १ पुरुष, शिक्षक २ जना, स्वास्थ्य कर्मी २ जना, मेडिकल पोलिक्लिनिबाट २ जना, सुरक्षाकर्मी १ जना र अन्य बजार क्षेत्रबाट २ जना रहेको उनले बताए ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।