वीरगन्जमा काेराेना संक्रमणबाट एक युवतीकाे मृत्यु भएकाे छ ।
उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्जमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको थियाे ।
पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई लगातार बान्ता भएपछि अस्पताल लगिएको थियो । साउन महिनामा मात्रै पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।