पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाे पनि बताए । हालसम्म कोरोनामुक्त हुनेकाे संख्या १५ हजार २६ छ ।
यसैबीच, काेराेना संक्रमणबाट थप एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।