अनलाइन कक्षाको शुल्क कति हो सरकार ? विद्यालयहरूले मनलाग्दाे असुल्न थाले
काठमाडाें ।कोभिड–१९ को प्रभावले पठनपाठन बन्द भएपछि अहिले विश्वका अधिकांश देशमा अनलाइनमार्फत पढाई हुँदै आएको छ । नेपालमा पनि निजी तथा सरकारी विद्यालयहरुले सोही बाटोलाई अबलम्बन गरिरहेका छन्।
नेपालमा दिनदिनै कोरोनाको संक्रमण दर बढिरहेकाले तत्कालै विद्यालय सञ्चालन भईहाल्छ भन्ने अवस्था देखिदैन ।
विद्यालय बन्द हुँदा कसरी शुल्क असुल्ने भन्ने पिरलोमा रहेका विद्यालय सञ्चालकहरुको लागि अनलाइन पढाई राम्रो माध्यम भएको छ । नेपालमा कोराना संक्रमण देखिन थालेपछि चैत महिनादेखि शैक्षिक संस्था बन्द छन् ।
निजी विद्यालयहरूले शुरूमा आफ्ना बालबालिकाको पढाइ नबिग्रियोस् भनेर अनलाइन कक्षा सुरू गर्दा उनीहरु बालबालिकाको भविष्यप्रति कति चिन्तित छन् भन्ने लाग्दथ्योे ।तर, अहिले आएर अभिभावकलाई अनलाईन पढाइको पैसा यति भयो उति भयो भनेर मोबाइलमा म्यासेज पठाउन थालेपछि नियत छर्लङगै भएको छ, आखिर व्यापारी त हुन् ।
कोरोनाले गर्दा कतिपय अभिभावकहरुलाई वेतलबी विदामा राखिएको छ् भने कतिपयलाई हटाइएको अवस्था छ । यसतर्फ विद्यालय र सरकारले ध्यान दिने कि नदिने ?
यो जटिल अवस्थामा पनि विद्यालय संचालकहरू भने समस्या आफूहरूलाई मात्र आइपरेकोे झै गर्छन । अनलाईन पढाइको शुल्क कति तिर्ने भनेर सरकारले शुल्क निर्घारण गरि सकेको छैन । पठाइ अनलाईनको हुँदा पनि शुल्क भने नियमित पठाइ भएको अवस्था जसरी उठाउन खोज्दैछन् ।
विद्यालयामै हुने पढाइ भन्दा अनलाईन पढाईले अभिभावकहरूलाई दोहोराे बोझ थपिएको छ । इन्टरनेटको व्यवस्था गर्नु त छदैछ त्यसको साथै पढाई सुरू भएदेखि नसकिदासम्म अभिभावकसँगै बस्नुपर्ने वाध्यता विद्यालय सञ्चालकले बुझ्ने कि नबुझ्ने ?
इन्टरनेटको पहुँच, बिजुलीको गुणस्तरीयता र आवश्यक प्रविधिको अभाव हुँदाहुँदै विश्वविद्यालय, क्याम्पसदेखि स्कुलसम्मले सुरु गरेको अनलाइन कक्षा पैसा असुल्न मेलो भएकाे छ ।
लकडाउन अवधि र त्यसपछि पनि जनजीवन सामान्य बन्न समय लाग्ने देखिएपछि काठमाडौंका कतिपय निजी स्कुलले वैशाख नलाग्दै अनलाइन कक्षा सुरु गरेका हुन् । तर अनलाइनका लागि चाहिने पूर्वाधारबारे केही ख्याल गरेनन्। निजी शिक्षण संस्थाले अनलाइन कक्षाको निकै हल्लीखल्ली गरेर यसलाई शुल्क उठाउने माध्यम बनाएका छन्। । शैक्षिक सत्रलाई निरन्तरता दिएको देखाउन पनि अनलाइनबाट पढाइ सुरु गरेका हुन् ।
लकडाउन हुनुअघि गाउँ पुगेका विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न सकिएको छैन । अनलाइनबाट मात्रै होइन, रेडियो र टेलिभिजनबाट समेत शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ।
अनलाइन कक्षा भनेर मोबाइलबाट पढाइने विधि समयको बर्बादी मात्रै हो, विद्यालयमै उपस्थित हुँदा त सिकाइमा रुचि नजगाउने प्रणालीले अनलाइनबाट के सिकाउँछ?भन्ने कतिपय तर्क गर्छन् ।
मासिक शिक्षण शुल्क र अनलाइन शुल्क उठाउन नपाएपछि बन्द गरिएको अनलाईन कक्षा प्याब्सन र एनप्याब्सनले आग्रह बमोजिम अहिले फेरि धमाधम सञ्चालन भईरहेको छ। कोरोनाभाइरस महामारीका कारण आर्थिक समस्यामा परेकाले कि अभिभावकसँग शुल्क उठाउन दिनुपर्यो नभए सरकारले सहुलियत दिनुपर्ने विद्यालय सञ्चालकहरूको माग रहेको छ।
निजी विद्यालयका मागहरू मन्त्रालयबाट मात्र पूरा गर्न नसकिने भएकाले कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समितिमा पठाइएको तर हालसम्म समितिले निर्णय गरिनसकेको अधिकारीहरूको भनाइ छ।