श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
उनलाइ कुटपिट गरेकाे आराेपमा प्रहरीले साेही कार्यालयमा कार्यरत दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।बिहान करिब ११ बजे कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोट लागेको छ ।
ती कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।
प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएर कुटपिट गर्नुपर्ने कारण के थियाे भनेर बुझ्ने कार्य गरिरहेकाे छ।