सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्तालाई शनिबार पनि पक्राउ गरिएको छ ।
शनिबार काठमाडौंको नक्सालस्थित भाटभटेनी क्षेत्रमा प्रदर्शन गर्न पुगेका २० भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियान अनसन सहित विरोधका कार्यक्रम गर्दै आएको छ ।
‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन् ।
सत्याग्रहको १५ दिन हुँदा अधिकारीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ । इनफ इज इनफ’संग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले पुन आन्दोलन सुरु गरेका हुन् ।