एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिएकाे छ ।विश्व्यापी महामारी कोरोना भाइरसको कारण सरकारले गरेकाे लकडाउनले हुन नसकेकोले एसईई परिक्षाकाे आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको थियाे ।
उक्त निर्णय अनुरुप राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर सोहि आधारमा एसईईको नतिजा तयार पारेका छन् ।
बोर्डले आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरेको नतिजा विभिन्न वेबसाइटहरु,एसएमएस र आईभी प्रणाली मार्फत हेनसकिन जानकारी दिएको छ ।एसईईको नतिजा नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा सुन्न वा सिम्बल नम्बर एसएमएस गरेर हेर्न सक्ने बोर्डले जनाएकाे छ ।