प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।यसअघि सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएकाे थियाे ।
हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । विभिन्न जिल्लामा खटिएका प्रहरीहरूमा पनि काेराेना संक्रमण देखिन थालेकाे छ ।