वीरगन्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । स्वास्थ्यकर्मी र चिकित्सकहरू नै संक्रमित हुन थालेका छन् ।
भारतसँगकाे सीमा जाेडिएका जिल्लाहरूमा काेराेना व्यापक रूपमा फैलिदै गएकाे छ । तराइका जिल्लाहरूमा स्थिति नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाे छ । वीरगञ्जलगायतका जिल्लाहरूमा निषेधाज्ञा अहिले पनि कायमै छ । विशेष गरी प्रवेश २ का जिल्लाहरूमा लकडाउनलाइ पुनः जारी राख्न माग गर्न थालिएकाे छ ।