जिल्लाको सदरमुकाम तौलिहवामा निर्माण शुरु भएको हुलाकी राजमार्ग उच्च अदालत तुलसीपुर बुटवल ईजलाससले कामलाई निरन्तरता दिने आदेश गरेको छ ।
हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरे पछि त्यस बिरुद्ध ३ जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशका लागि गत साउन ५ गते रिटा दायर गरेका थिए ।
स्थानीय कालीपद शर्मा, रोहित उपाध्यया र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामाथी सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
रिटमा न्यायधिश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलकालागि अदालतमा बोलाएको थियो । सोही बिषयमा सोमवार पक्ष र बिपक्षका कानुन ब्यवसायीहरुको प्रमाण र बहास पछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरा दिनु नपर्ने आदेश जारी भएको कपिलबस्तु नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुवरले जानकारी दिए ।
रिट निबेदनको पक्षत्रबाट अधिबक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अघिवक्ता कमलराज जोशी र सालिकराम बन्जाडे सहायक न्यायअधिबक्ता धर्मराज जोशीले बहस गरेका थिए ।
अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणेकालmागि बाटो खुला भएको कपिलस्तु नगरपालिकाका मेयर किरण सिंहले प्रतिक्रिया दिएका छन । उनले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताए । अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनामहरु धमाधम हटाइएको छ ।
तौलिहवाको जमुवार टोल देखि छोटकी तौलिहवाको मस्जिद सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन । यस्तै जमुहार देखि भवानी भिक्षु सम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।