सप्तरीमा एक न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हाे ।आइतबार एक न्यायाधीशसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
लकडाउन पूर्णरूपमा खुलेपछि देशभरी नै काेराेना संक्रमणकाे जाेखिम झन बढ्दै गएकाे छ ।