कास्कीमा पहिराेमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–८ स्थित स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
शुक्रबार बिहानपख पहिराे खस्दा तीनै जना एउटै कोठामा सुतिरहेका थिए । प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ ।