बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण उपचाररत एक जनाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
मृत्यु हुनेमा सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्ध रहेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४० पुगेको छ ।
उता,पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
विश्व्यापीमहामारी रुपमा कोरोना भाइरसको संक्रमणको संख्या ब्यापकरुपमा बढदै गको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ ।