बलात्कार आराेपमा फरार रहेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।
एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप छ ।ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछी एसएसपी अधिकारी फरार भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।उनलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएकाे जनाइएकाे छ।
एसएसपी अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।