काठमाडौं उपत्यकामा आज र भाेलि लगातार दुई दिनसम्म बिजोर नम्बरका सवारी चल्ने भएके छ ।
असार महिनाको अन्तिम दिन र साउनको पहिलो दिन बिजोर दिन भएकोले यी दुई दिनसम्म लगातार बिजोर नम्बरको सवारी चल्ने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले आज र भाेलि दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने जानकारी दिए ।
जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ । सर्वसाधारण जनताकाे आवत जावतमा कठिनाइ भएकाे जनाउँदै सरकारकाे आग्रहमा अहिले छाेटाे दूरीका सार्वजनिक यातायात सञ्चालन भइरहेकाे छ ।
काेराेना संक्रमणलाइ ध्यानमा राख्दै सरकारले असारदेखि माेटरसाइकल लगायतका सवारी साधानमा जाेरबिजाेर प्रणााली लागू गर्दै आएकाे छ ।