पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।
योसँगै कुल सङ्क्रमितकाे संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, पछिल्लो समय काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ९ पुगेको छ । काठमाडौँमा ३ जना, ललितपुरमा ५ जना, भक्तपुरमा १ जना सङ्क्रमित भएका छन् । नेपालमा अहिले सकृय सङ्क्रमित ६ हजार ६१३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काेही पनि रेड जाेनमा परेकाे छैन ।
आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।