सप्तकोशी नदीमा शुक्रबार बिहानबाट पानीको बहावले खतराको स्तर पार गरेको छ ।
सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले अहिले ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन अाग्रह गरिएकाे छ ।
पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । बर्खा लागेपछि पहिलाे पटक सप्तकाेसी नदीमा यसरी पानीकाे बहाव बढेकाे हाे ।