पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।
उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएपछि गरिएकाे परीक्षणमा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाउकाे छ ।