शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालले मंगलबारदेखि आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गर्ने जनाएको छ। थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ।