नेपाल वायुसेवा निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा ३ जना पाइल र अन्य ४ जना विमानका कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । संक्रमित सबैलाइ साेल्टी होटलकाे क्वारेन्टिनमा राखिएकाे छ ।
विदेशमा अलपत्र परेका नेपालीलाइ ल्याउने क्रममा उनीहरूलाइ संक्रमण भएकाे अनुमान गरिएकाे छ। जतिपनि विदेशमा अलपत्र परेका छन् उनीहरू सबैलाइ नेपाल वायुसेवा निगमकाे विमानबाट उद्दार गरिएकाे हाे ।
यसअघि हिमालयन एयरलाइन्स चालक र सहचालकमा पनि कोरोना देखिएकाे थियो ।