२४ घन्टामा काठमाडौंमा २७ सहित देशभरमा गरी थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २ सय ९३ जनामा संक्रमण देखिएको बताएका हुन् ।
याेसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए । नेपालमा अहिलेसम्म काेराेनाबाट ३४ जनाकाे मृत्यु भइसकेकाे छ ।