यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।अब राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने भएकाे छ । त्यसकाे लागि कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
परीक्षा वैशाख २१ गतेबाट गर्ने तय गरिएकाे भए पनि कोरोना भाइरस महामारीको र लकडाउनको कारणले हुन नसकेकाे हाे ।यसअघि माध्यमिक शिक्षा परीक्षा एसईई आन्तरिक मूल्यांकनको अधारमा निर्णय भएको थियो ।