नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे सँगै कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
त्यसैगरी क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत छन् ।