बाराका बिहीबार बिहान दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ ।
बिहान साढे सात बजेको समयमा परेको चट्याङले लागेर खेतमा धान रोपीरहेका महिलाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुन रहेकी छन् ।
यसैगरी फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि चटयाङ लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चट्याङ लागेर घाइते भएका अन्य ५ जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।