सैनिक समरी अदालतले महासेनानी अनिल खड्का र सहायक रथी सुरेन्द्रसिंह रावललाई बुधबार बर्खास्त गरेको छ ।
आचरण विपरित कार्य गरेको ठहर गर्दै जनरल सैनिक समरी अदालतले दुवैलाई बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् ।
अदालतले रावल र खड्काले माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको र अहोदामा नबसेको कसुरमा दोषि ठहर गरेको प्रवक्ता पाण्डेले बताए ।