विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् । उनका अर्का साथीलाई भने कोरोना देखिएकाे छैन ।
हिमालय एयरलायन्सका एक पाइलटका अनुसार, ती मेक्सिकन पाइलटमा कोरोना देखिएपछि हिमालयले इमेलमार्फत अरु पाइलट, क्याबिन क्रूलाई सर्तकता उपनाउन निर्देशन दिएको छ ।