अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका एकजना पुरुषले आत्महत्या गरेका छन्।
अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि गएराति आत्महत्या गरेका हुन्।
वडा अध्यक्ष कमल पौडेलका अनुसार कोठामा सँगै बसेका दुईजना साथी निदाएपछि विद्यालय नजिकैको रूखमा झुण्डिएर उनले आत्महत्या गरेका हुन्। उनी २५ दिनअघि भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
पीसीआर रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टिनमा बसेकाहरु मानसिक तनाबमा आएका छन्।