कृषि प्रधान मुलुक नेपालमा खेत रोपाई गर्ने बेला पानीको अभावमा जसोतसो रोपाई गरिरहेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।
किसानलाई अहिले खेतमा हाल्ने युरिया र डिएपी मलको अभाव भएको छ। पर्याप्त रासायनिक मल नभएपछि किसानहरु समस्यामा परेका छन्।
रोपाई गर्ने बेलासम्म पनि मलको व्यवस्था नभएकोराम शंकर यादवले बताए। अघिल्लो बर्ष जस्तै यो वर्ष पनि धान रोप्ने समयमा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखा प्रमुख दिनेश शर्माले बताए।
उनका अनुसार अहिले जिल्लामा करीब ७ हजार मेट्रिक टन युरिया, २ हजार मेट्रिक टन डिएपि चाहिने भए पनि २ सय ५० मेट्रिक टन डिएपि र ५० मेट्रिक टन यूरियामात्र गोदाममा छ। यसले गर्दा यो बर्ष पनि किसानलाई समस्या पर्ने शर्माको भनाई छ। जिल्लामा थप मल आउन अझै १ महिना लाग्ने उनले जानकारी दिए।
कपिलवस्तुमा १ लाख ७३ हजार ८ सय हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ७५ हजार हेक्टर धान खेतीयोग्य छ।