कपिलवस्तु जिल्लाको सिमा नाकामा स्थापना गरिएको होल्डिङ्ग सेन्टरको अवलोकन गरिएको छ।
छिमेकी भारतबाट स्वदेश आउने नेपालीहरुका लागि कृष्णनगर र सुठौली सीमा नाकामा नेपाली सेनाको व्यवस्थापनमा उक्त होल्डिङ्ग सेन्टर स्थापना गरिएको हो।
सो होल्डिङ्ग सेन्टर मध्ये कृष्णनगरमा विहिबार जिल्ला समन्वय समितिका संयोजक नारायणप्रसाद खनाल, उप संयोजक तरावती चौधरी लगायतको टोलीले अवलोकन गरेको जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकृत भुमिराम पोखरेलले बताए।
होल्डिङ्ग सेन्टरमा २५ बेडमा १५० जना बस्न मिल्ने, शौचालय सहित राम्रो ब्यवस्थापन भएको छ। होल्डिङ्ग सेन्टरमा प्रदेश ५ का १२ जिल्लाका लागि छुट्टाछुट्टै क्याम्प निर्माण गरिएको छ।