भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा सशस्त्रले चलाएको गोली लागेर मृत्यु भएको हो।
त्यसक्रममा प्रहरीले १५ राउण्ड हवाई फायर गरेको थियो। घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।