प्रदेश नं. ५ को १२ वटै जिल्लामा कोरोना संक्रमित देखिएको छ। सामाजिक विकास मन्त्रलय प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार साँझसम्म प्रदेशमा संक्रमितको संख्या १ हजार २०६ पुगेको छ। जसमा १ हजार १८ जना उपचाररत, १ सय ८३ जना निको भएर घर फर्किसकेको र ५ जनाको मृत्यु भएको छ।
सोही अनुसार कपिलवस्तु ५ सय ५८, बाँके २ सय ७९, रुपन्देही १ सय ३७, दाङ ८०, बर्दिया ६१, अर्घाखाँचि ३६, नवलपरासी २१, प्युठान १२, पाल्पा ९, गुल्मी ७, रुकुमपूर्व ३ र रोल्पामा ३ जना कोरोना संक्रमित रहेका छन्। प्रदेशमा निर्माण गरिएको १ हजार ७ सय ५१ क्वारेन्टिनमा ३७ हजार ३ सय ८० जना व्यक्ति रहेका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म २३ हजार ५६८ जनाको स्वाव संकलन गरिएको छ । जसमा १६ हजार ७८९ को नतिजा नेगेटिभ आएको छ भने १ हजार २०६ जना संक्रमित देखिएका छन्।
प्रदेश नं. ५ को सबै जिल्लाको ५ हजार ५७८ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।