क्वारेन्टाइनमा मर्नेकाे संख्या दैनिक जसाे बढ्दै गएकाे छ । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको पनि मृत्यु भएको छ । सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको आज बिहान मुत्यु भएको हो ।
उनी मुटुको रोगी भएको बुझिएको छ । मृतकको स्वाब संकलनका लागि टोली पठाइएकाे छ । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।