कपिलवस्तु कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्धामा थुनामा रहेका यशोधरा गाउँपालिका वडा नंं. ७ ईटवाका ५४ वर्षीय राम अधिन कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
विहान खाना खाएर आराम गर्न सुतेका कोहारको सुतेकै अवस्थामा मृत्यु भएको एक प्रहरी अधिकारीले बताए। थुनुवा कोहारको कपिलवस्तु अस्पताल लैजादासम्म मृत्यु भइसकेको अस्पतालले जनाएको छ। मृतक कोहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ।
मृतक कोहार २०७६ साउन २ गतेदेखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धा अन्र्तगत पुर्पक्षका लागि थुनामा रहेको जेलर राकेश पाण्डेयले बताए।