नेपालमा काेराेना भाइरसबाट थप दुइजनाकाे मृत्यु भएकाे छ। कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएको हाे । याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेको छ ।
यसैबीच,नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए ।
यी मध्ये भक्तपुरका १ र काठमाडौंका ४ जना छन् ।