बाजुराको क्वारेन्टिनमा रहेका एक बृद्धको मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
१५ जेठमा भारतबाट आएका उनी दमका रोगी थिए। आएको भोलिपल्ट जेठ १६ गतेदेखि उनी क्वारेन्टिनमा बस्दै आएका थिए। वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले दिएको जानकारी अनुसार हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाइएको थियो।