प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या ९ सय १९ पुगेको छ।
कपिलवस्तुमा ४३१, बाँकेमा २५५, रुपन्देहीमा १०७, दाङमा ७३, नवलपरासीमा १७, बर्दियामा १३ रहेका छन्। यसैगरी पाल्पामा ८, आर्घाखाँचीमा ४, गुल्मीमा ५, प्यूठानमा ३, रुकुम पूर्वमा ३ जना गरी ९१९ जना रहेका छन्।
जसमध्ये ८५ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ। प्रदेश नं. ५ का १२ वटै जिल्लामा ४० हजार १९२ जना क्वारेन्टिनमा रहेको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बाँके जिल्लामा भेटिएका कोरोना संक्रमितको स्वाव परीक्षण भेरी अस्पतालमा गरिएको हो। भेटिएका ४२ जना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ वर्षदेखि ३५ वर्षका पुरुष रहेका छन्।
त्यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १७ जना र बाणगंगा नगरपालिकाका ६ र यशोधरा गाउँपालिकाका ६ जना रहेका छन्। कृष्णनगर नगरपालिकामा भेटिएका कोरोना संक्रमितको स्वाव परीक्षण धुलिखेल अस्पतालमा गरिएको र उनीहरु १७ वर्षदेखि ५२ वषर््ासम्मका पुरुष हुन्।
त्यस्तै बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा भेटिएका संक्रमितको स्वाव परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको हो। बाणगंगाका कोरोना संक्रमित ओदारी मावि र यशोधराका संक्रमित जनचेतना माविमा निर्माण गरिएको क्वारेटिनका हुन्। बाणगंगामा ८ वर्षीय बालिका देखि ३९ वर्ष सम्मका हुन्। यशोधराका संक्रमित २२ वर्षदेखि ४८ वर्षसम्मका रहेका छन्। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ३१ पुगेको छ।
त्यस्तै, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएका र ती सबै दाङका हुन्।