आज (शुक्रवार) विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले लकडाउनका कारण सामाजिक सञ्जाल मार्फत विभिन्न चेतनामुलक सन्देश सम्प्रेषण गर्दै दिवस मनाउदै छन् ।
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।