कोरोनाका भाइरसको संक्रमण थप ३३४ जनामा पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २६ सय ३४ पुगेको छ।
दैलेखमा मात्र ११३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबारको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
जसमध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन्।
यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्द्रपुर माधवनारायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका थिए।