रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।
बिहिबार थपिएका नयाँ संक्रमितहरुमा इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकरएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जना छन्।