कपिलवस्तुमा आठ वर्षीया बालिकासहित १२ जनामा कोरोना पोजेटिभ देखिएको छ। यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ।
विहिबार भेटिएका संक्रमित बाणगंगा नगरपालिकाका ६ जना र यशोधरा गाउँपालिकाका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना पोकल पर्सन कुमार थापाले जानकारी दिए।
कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का २१ वर्षी पुरुष १ जना, वडा नं. २ का ८ वर्षीया बालिका, २६ वर्षीया महिला र ३९ वर्षी पुरुष १ गरी ३ जान, वडा नं. ४ का ३४ वर्षीय पुरुष १ जना, वडा नं. ७ का ३९ वर्षी पुरुष १ जना गरी ६ जना छन्।
त्यस्तै यशोधरा गांउपालिका वडा नं. ७ का बर्ष २२, २६, ३०, ३६, ४२, ४८ पुरुष ६ छन्।