कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १२ विठुवामा खेतको आली काटेको विषयमा दुई पक्षबीच विवाद हुँदा सात जना घाइते भएका छन्।
स्थानीय रामखेलावन यादवको ऐलानी जग्गाको आली महराजगञ्ज नगरपालिका– २ पडेरियाका सहसराम मुराउले काटेपछि दुई परिवारबीच झडप भएको हो। सोही बिवादमा रामखेलावनको परिवारलाई मुराउ र उनका परिवारसहित गाँउलेहरु मिलेर लाठी प्रहार गरेपछि यादव परिवारतर्फका सात जना घाईते भएको प्रहरीले जनाएको छ।
घाईतेमध्ये रामखेलावन यादव र रुपक यादवको बुटवलस्थित सिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा घाईते भएका प्रमोद सिंह, अकालामति यादव, राजेश यादव, मुद्धेलाल नाउ, जेलह यादवको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भईरहेको छ। कुटपीट गर्ने ब्यक्ति फरार रहेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।