नेपाल सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति नेपाली सेना परिचालन भएकाे छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिएको हाे।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको कोभिड १९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ।
पाण्डेले भने, सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ। अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ।
हवाईमार्ग हुँदै काठमाण्डौंमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई होल्डिङ सेन्टरुमा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने छ।
अहिले काठमाण्डौंमा हवाईमार्गबाट आउनेहरूका निम्ति चक्रपथ आसपासका पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिने र त्यसको काम सुरु भइसकेको बताइएको छ।साभार बीबीसी
यस्तो छ सेनाको जिम्मेवारी:
- सीसीएमसीले जारी गरेको कार्ययोजना अनुसार त्यसमध्ये सुरक्षा कलस्टर अन्तर्गत यी जिम्मेवारी नेपाली सेनालाई तोकिएको छ
- प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्याई त्यहाँबाट होटल क्वारन्टीन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारन्टीनमा पुर्याउने आवश्यक यातायातका साधनको व्यवस्थापन गर्नेकाममा नेपाली सेनालाई यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाले सघाउने छ
- काठमाण्डूमा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने छ भने सीमानाका सेन्टरमा उसलाई स्थानीय तहले सघाउने छ र
- नेपाल र सशस्त्र प्रहरीको सहयोगमा क्वारन्टीनको सुरक्षा, रेखदेख, नगरानी र अभिलेख गर्ने काम सेनाले गर्ने छ।