नेपालमा काेराेना संक्रमणबाट नवाैं व्यक्तिकाे मृत्यु भएकाे छ ।दाेलखाका ७६ वर्षीय वृद्धकाे मृत्यु भएकाे हाे । उनकाे त्रिविवि शिक्षण अस्पतालमा बुधवार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।
हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोक , बाँकेमा , गुल्मीमा , बाराका , ललितपुरका र अर्घाखाँचीका , दैलेखका , बाजुराका गरी ९ जनाको मृत्यु भइसकेकाेछ ।
यसैबीच,पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार संक्रमितको संख्या २३०० पुगेको छ ।