कर्णाली प्रदेशमा बुधबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जना छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्। बाँकी तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए।
यो सँगै कर्णालीमा संक्रमतिको संख्या २६६ पुगेको छ भने दैलेखका एक जना संक्रमितको मृत्यु भइसकेको छ।