बैतडीको क्वारेन्टाइनमा रहेकी एक युवतीको सोमबार साँझ मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा २२ बर्षीया युवतीको मृत्यु भएको हो। उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन्।
जिल्ला जनस्वास्थ्य कार्यालयले मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको जनाएको छ।